घेदुङ मलेसिया र कलाकार संघ मलेसिया बिच ऐतिहासिक एकता भएको घोषण ।

समाज

  ग्राण्ड सम्बाददाता
 565 पटक हेरिएको

क्वालालम्पुर – नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलाकार संघ मलेसिया का आइतबार बसेको सचीवलय बैठकबाट दुई संस्था बीच अधिकारिक रूपमा समन्वय गरेको छन ।

दुबै सस्थाको उद्देश्य तामाङ समुदायको मौलिक परम्परा भाषा लिपि ,कला सस्कृती पहिचान, धर्म संस्कार, रितिरिवाज संरक्षण तथा सम्बर्द्धन गरिने रहेको हुनाले नेपाल तामाङ कलाकार संघ मलेसियालाई नेपाल तामाङ घेदुङ मलेशियाको सस्कृतिक बिभाग अन्तर्गत रहने गरि दुई सस्था बिच आपसी समझदारीमा ऐतिहासिक एकता गरिएको सथै यसै बैठकबाट नेपाल तामाङ घेदुङ का सचिब तथा संस्कृतिक बिभाग प्रमुख आमिर लोप्चान को बिधाई कार्यक्रम रहेको घेदुङका अध्यक्ष जगत दोङ तामाङ ले बताउनु भयो।

सन् 2005 मा स्थापना भएको तामाङ एकता समाज मलेसिया “लामो समयको अन्तरल पछि 2016 मा सस्थाको अधिकारिक नाम परिवर्तन गरेर तामाङ समाज मलेसिया स्थपित गरे पश्चात् सन् 2019 मा तत्कालीन तामाङ समाज मलेसिया सस्था र नेपाल तामाङ घेदुङ सस्था बिच ऐतिहासिक एकता गरेर नेपाल तामाङ घेदुङ मलेसिया घोषण गरिएको हुन!” सन् 2017 मा तामाङ भाषा लिपि , कला संस्कृती को जगेर्ना गर्ने उद्देश्यले गठन गरिएको म्हारम्हेन्दो तामाङ कलाकार संघ केही समय पछि तामाङ कलाकार जहाँ रहे पनि एक हौ भन्ने हेतुले नेपाल तामाङ कलाकार संघ संग समन्वय गरेर नेपाल तामाङ कलाकार संघ मलेसिया बनाएको हुन।

घेदुङ मलेसिया एक जातीय सस्था मात्र नभएर पीडित दिनदुखित आसय हरुको सहारा भन्न सफल भएको छन” विगत केही समय अघि कोरोनाको विषम परिस्थितिमा घेदुङ मलेसिया र तामाङ कलाकार संघ मलेसियाले संयुक्त रूपमा कोभिड कोष खडा गरि कोभिड प्रभावित भएको नेपालीहरुको उद्घर र खाद्यान्न अभाव रहेको नेपालीहारुलाई खाद्यान्न वितरण गरेको सबै माझ अवगत नै छ भने दुई सस्था बिच को भएको ऐतिहासिक एकता ले बिश्वका तामाङ समुदायमा सकारात्मक सन्देश पुर्याउन सफल भएको खुसी व्यक्त गर्दै र हामी तामाङ जहाँ जस्तो अवस्थमा भए पनि एक हुनु पर्ने अध्यक्ष तामाङले बताउनु भयो  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार