फुलेन्देकि आमाको अभिनयमा सेमन्त राईको “उभौली” गितको म्युजिक भिडियो सार्वजनिक ।

  ग्राण्ड सम्बाददाता
 424 पटक हेरिएको

काठमाडौ / सेमन्त राईको रचनामा बनेको नयाँ साकेला गीत “उभौली”को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ।

किराँती रीती रीवाज र संस्कृतीको जगेर्ना गर्ने हेतुले सृजना गरिएको यस गीतमा गायक तथा गायिका द्वय सुनिल राई र मेलिना राईको स्वर रहेको छ भने संगित पनि गायक सुनिल राई स्वयंले गरेका हुन्।

राई जातीको संस्कृति संरक्षण र सम्बर्धन गर्दै नयाँ र पुरानो पुस्ता बीचको साँस्कृतिक पुस्तान्तरणमा टेवा पुगोस् भन्ने उद्देश्यले यस गीतको सृजना गरिएको रचनाकार सेमन्त राईले बताए।

राई विगत अठ्ठाईस वर्षदेखि वेलायती सेनामा काम गर्दै परदेशी भुमिमा रहे पनि आफ्नो देश, भाषा र संस्कृतीको माया र जगेर्ना गर्न हरपल जुटी रहेका छन्।

सेमन्त राइको आफ्नै च्यानल semanta rai official channel मार्फत यस गीतलाई सार्बजनिक गरेका हुन्। पछिल्लो समयमा नेपाली
प्रसिद्ध क्यामेरा म्यान तथा निर्देशक ज्ञानु राईको निर्देशनमा छायाङ्कन गरिएको यस भिडियोमा प्रसिद्ध कलाकार फुलेन्देकि आमा (उमेश राई) को पनि अभिनय रहेको छ।

यस भिडियोको अभिनयलाई मुख्य पात्रको रुपमा भुमिका प्रोजेन राई र उषा तामाङ्गले गरेका छन्।

भिडियोमा क्लिक गर्नुहोस ।

उभौलीको सफलताको शुभकामना सहि हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना प्रकट गर्दछौं।

सेमन्त राई
हाल बेलायत आर्मी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार