इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका सम्पन्‍न खेलमा बर्नली र एभर्टनले बराबरी ।

  ग्राण्ड सम्बाददाता
 80 पटक हेरिएको

काठमाडौ / इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका सम्पन्न खेलमा बर्नली र एभर्टनले बराबरी खेलेका छन् । बर्नलीको मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो ।

दुवै गोल पहिलो हाफमा भएका थिए ।खेलको तेस्रो मिनेटमै घरेलु टोलीका रबी ब्राडीले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि थप गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडेका हुन् । बराबरीपछि ११ खेलबाट १७ अंक भएको एभर्टन सातौं स्थानमा रहेको छ भने १० खेलबाट ६ अंक जोडेको बर्नली १९औं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार