काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ६०६ जनामा कोरोना संक्रमण पुष्टि।

४ जना कोरोना संक्रमितको मृत्यु ।

  ग्राण्ड सम्बाददाता
 89 पटक हेरिएको

काठमाडौ / काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ६०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये महिला २४७ जना र पुरुष ३५९ जना रहेका छन ।

हाल काठमाडौ जिल्लामा ९८७२८ जना कोरोना संक्रमित भएका छन । जस मध्ये सक्रिय संक्रमितको संख्या ५९९६ जना छन । भक्तपुरमा हाल सम्म ८१२० जना कोरोना संक्रमित पुष्टि भएको छ ।

संक्रमित मध्ये सक्रिय संक्रमितको संख्या ५४० जना रहेका छन । तेस्तै ललितपुरमा १३६८९ जनामा कोरोना संक्रमण पुष्टि भएका छन ।

यी मध्ये सक्रिय संक्रमितको संख्या हाल सम्म १२५५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमणबाट काठमाडौ उपत्यकामा मृत्यु हुनेको संख्या ६१० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जस्म काठमाडौ जिल्लामा ३९५ जना भक्तपुरमा ९५ जना र ललितपुरमा १२० जना पुगेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार