पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु ।

  ग्राण्ड सम्बाददाता
 67 पटक हेरिएको

काठमाडौ / २४ घण्टामा नेपालमा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५६७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सम्म आईसोलरसनमा १५४४७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज संक्रमित मध्ये महिला ४८४ जना र पुरुष ७८८ जना छन । हाल होमआईसोलेसनमा १०३९४ जना रहेका छन । ५०० भन्दा माथि कोरोना संक्रमित जिल्ला हाल सम्म ६ ओटा जिल्ला रहेका छन ।

कोरोना संक्रमितहरु मध्ये मृत्यु हुनेको प्रतिशतमा ०.७% रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल आईसियुमा उपचाररत ३२८ जना छन । भेन्टिलेटरमा ५४ जन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सम्म फीसीआर परिक्षण गरेका मध्ये कोरोना संक्रमितको प्रतिशतमा १३.५% रहेका छन । कोरोना संक्रमण मुक्त भैई निको हुनेको प्रतिशतमा ९२.९% रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार