पछिल्लो २४ घण्टामा १२७२ जना संक्रमित थपिए ।

  ग्राण्ड सम्बाददाता
 67 पटक हेरिएको

काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोरोना। संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ जना पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ जना रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ७५ जना रहेलो छ। यो सहित हालसम्म २ लाख २१ हजार ८ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल क्वारेन्टाइनमा ५ सय ३७ जना छन । पछिल्लो २४ घण्टामा ८ हजार ३१ जनाको पीसीआर परिक्षण गरिएकोमा १ हजार २ सय ७२ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार