१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने युवक फरार भएको ७ घण्टा पछि पुन पक्राउ ।

  ग्राण्ड सम्बाददाता
 187 पटक हेरिएको

काठमाडौ / बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने युवक राजेन्द्र बोहरा फरार भएको ७ घण्टा पछि पुनः पक्राउ परेका छन्।

बाल सुधार गृहमा राखिएका १६ वर्षीय राजेन्द्र बोहोरा कोरोना पुष्टि भएपछि जिल्ला अस्पताल डोटीको आइसोलेसनमा बस्दै आएका थिए । आइसोलेसनबाटै बिहीबार राति १२ बजे भागेका उनलाई शुक्रबार बिहान ७ बजे प्रहरीले पक्राउ गरेको हो ।

पूर्वी चौकी गाउँपालिकास्थित शान्तिनगर जंगलमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए। बोहोरलाई सम्झना बिकको हत्या अभियोगमा कारागार चलान गरिएको थियो ।

बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा गत असोजमा पक्राउ परेका बोहरालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उमेर कम भएका कारण बोहोरालाई बाल सुधार गृहमा लगिएको थियो । कोरोना पुष्टि भएपछि आइसोलेसनमा राखिएका उनी त्यहिबाट भागेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार