पछिल्लो २४ घण्टामा १३४३ जना संक्रमित थपिए ।

  ग्राण्ड सम्बाददाता
 56 पटक हेरिएको

काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ जना पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ जना रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ११ जना रहेलो छ। यो सहित हालसम्म २ लाख २० हजार २ सय २० जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल क्वारेन्टाइनमा ५ सय ७६ जना छन । पछिल्लो २४ घण्टामा ९ हजार २ सय ८९ जनाको पीसीआर परिक्षण गरिएकोमा १ हजार ३ सय ४३ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार