काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना पुष्टि।

  ग्राण्ड सम्बाददाता
 93 पटक हेरिएको

काठमाडौ / काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये महिला ३६१ जना र पुरुष ४४८ जना रहेका छन ।

हाल काठमाडौ जिल्लामा ८७८९३ जना कोरोना संक्रमित भएका छन । जस मध्ये सक्रिय संक्रमितको संख्या ७२७० जना छन । भक्तपुरमा ७९५९ जना कोरोना संक्रमित पुष्टि भएका छन ।

जस मध्ये सक्रिय संक्रमितको संख्या ६४१ जना छन । तेस्तै ललितपुरमा १३२७४ जनामा संक्रमण पुष्टि भएका छन । जस मध्ये सक्रिय संक्रमितको संख्या १४५२ जना छन ।

हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या काठमाडौ जिल्लामा ३७५ जना भक्तपुरमा ९१ जना र ललितपुरमा ११२ जना पुगेका छन । काठमाडौ उपत्यकामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९९१८५ जना पुगेका छन ।जस्मा काठमाडौमा ८०२४८ जना भक्तपुरमा ७२२७ जना र ललितपुरमा ११७१० जना पुगेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार