पछिल्लो २४ घण्टामा २९ जना कोरोना संक्रमितको मृत्यु ।

  ग्राण्ड सम्बाददाता
 62 पटक हेरिएको

काठमाडौ / २४ घण्टामा नेपालमा २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५०८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा २३६ जना प्रदेश २ मा ४४ जना बागमती प्रदेशमा ९३२ जना । गण्डकी प्रदेशमा ८७ जना । लुम्बिनीमा प्रदेशमा १२० जना । कर्णाली प्रदेशमा ४२ जना । सुदूरपश्चिम प्रदेशमा १२ जना रहेका छन ।

हाल होमआईसोलेसनमा ११८१४ जना रहेका छन । ५०० भन्दा माथि कोरोना संक्रमित जिल्ला हाल सम्म ६ ओटा जिल्ला रहेका छन । कोरोना संक्रमितहरु मध्ये मृत्यु हुनेको प्रतिशतमा ०.६% रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल आईसियुमा उपचाररत ३७५ जना छन । भेन्टिलेटरमा ५८ जन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्म फीसीआर परिक्षण गरेका मध्ये कोरोना संक्रमितको प्रतिशतमा १३.४% रहेका छन । कोरोना संक्रमण मुक्त भैई निको हुनेको प्रतिशतमा ९१.९% रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार