काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा ९९११ जनाको पीसीआर परिक्षण गर्दा १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये महिला ६०२ र पुरुष ८७२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या १७४२३ जना रहेको छ । क्वारेन्टाइनमा ५३५ जना रहेका छन । हाल सम्म कोरोना संक्रमित हुनेहरुको संख्या २३३४५२ जना पुगेको छ ।
जसमा महिला ८०३४५ जना यो प्रतिशतमा ३४% रहेका छन । पुरुष १५३१०७ जना छन प्रतिशतमा ६६% रहेका छन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भएर १९३१ जना डिस्चार्ज भएका छन । यो सहित कोरोना संक्रमण मुक्त भैई डिस्चार्ज हुनेको संख्या २१४५२१ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट निको हुनेको प्रतिशतमा ९१.९% रहेका छन ।