मंसिर १० गते देखि बेपत्ता भएका १७ वर्षीय सुजननारायण चौधरीको शव फेला ।

  ग्राण्ड सम्बाददाता
 79 पटक हेरिएको

काठमाडौ / सुनसरीको दुहबीमा नगरपालिका वडा नम्बर २ का पाँच दिनदेखि बेपत्ता भएका युवकको शव फेला परेको छ । दुहबी नगरपालिका वडा नम्बर २ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान करिब ५ बजे दुहबी वडा नम्बर २ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा चौधरीको शव भेटिएको छ । चौधरी मंसिर १० गते देखि बेपत्ता थिए ।

कक्षा ११ मा अध्ययनरत चौधरीको अपहरण गरी हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । घटना शंकास्पद भएकाले अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार सुजन बेपत्ता भएकै दिन आमाको मोबाइलमा अज्ञात व्यक्तिले पैसा माग गर्दै धम्की दिएका थिए । सोही दिन आफन्तले छोरा हराएको जानकारी इलाका प्रहरी कार्यालयमा दिएका थिए । तर पाँच दिनपछि शव फेला परेको हो ।

मृतकको परिवारसँग फिरौती माग्नका लागि अपहरण गरिएको हुनसक्ने प्रहरीको आशंका छ । शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । घटनामा संलग्न भएको आशंमा प्रहरीले शंकास्पद केही व्यक्तिलाई पक्राउ गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार