एम्बुलेन्स दुर्घटनामा एकजनाको मृत्यु ३ जना घाइते ।

  ग्राण्ड सम्बाददाता
 101 पटक हेरिएको

काठमाडौ / विराटनगर वडा नम्बर ४ कञ्चनबारीमा सोमबार बिहान एम्वुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।सप्तरीबाट विराटनगर ल्याइँदै गरेका बिरामीको दुर्घटनामा मृत्यु भएको हो। एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएका छन्।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो।बिग्रिएको भनेर राजमार्गको सडकमा लहरी रोकेर राखेको खुलेको छ। एसपी खड्काका अनुसार दुर्घटनामा सप्तरीको तिलाठी कोइलाडी –२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको हो।

एम्बुलेन्स लहरीमा ठोक्किएपछि भएको दुर्घटनामा परेर गम्भीर घाइते हुन पुगेका उनको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइते हुनेमा तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन्। तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।प्रहरीका अनुसार एम्बुलेन्स चालक हरिनारायण यादव फरार रहेका कारण खोजी तीव्र पारिएको छ ।प्रहरीले लहरीका चालक पनि फरार भएका कारण खोजी थालिएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार