आफ्नै काका हत्या गरेको अभियोगमा एकजना पक्राउ ।

  ग्राण्ड सम्बाददाता
 77 पटक हेरिएको

काठमाडौ / महोत्तरीमा आफ्नै ६० वर्षीय काका खेलाउन मण्डलको हत्या गरेको अभियोगमा उनका भतिजा पक्राउ परेका छन । पक्राउ पर्नेमा मनराशिश्वा नगरपालिका वडा नम्बर १ मनरा बस्ने ४० वर्षीय बिनोद मण्डललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घरायसी वादविवादका कारण बिनोदले खेलाउनलाई कुटपिट गरी गम्भीर घाइते बनाएकोमा स्वास्थ्य चौकी मनरामा सामान्य उपचार पश्चात घरमा आई बसेको अवस्थामा उनको मृत्यु भएको हो । मृत्यु भएको खबर हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मनराकट्टीबाट खटिएको प्रहरीले बिनोदलाई बिहीबार पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार