हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाल विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर ।

  ग्राण्ड सम्बाददाता
 61 पटक हेरिएको

काठमाडौ / अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, हेटौंडा भरतपुर बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाल विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले जैसवाल विरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो । अनुसन्धानको क्रममा जैसवालले निर्माणाधिन सो प्रसारण लाइन भित्रपर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिनका लागि सेवाग्राही सँग उक्त रकम घुस लिएको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार