काठमाडौ / काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ८२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये महिला ३७९ जना र पुरुष ४४३ जना रहेका छन ।
हाल काठमाडौ जिल्लामा ८६३७१ जना कोरोना संक्रमित भएका छन । जस मध्ये सक्रिय संक्रमितको संख्या ७८६७ जना छन ।
भक्तपुरमा ७७८९ जना कोरोना संक्रमित पुष्टि भएका छन । जस मध्ये सक्रिय संक्रमितको संख्या ६०८ जना छन ।
तेस्तै ललितपुरमा १२९६४ जनामा संक्रमण पुष्टि भएका छन । जस मध्ये सक्रिय संक्रमितको संख्या १५४६ जना छन ।
हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या काठमाडौ जिल्लामा ३४२ जना भक्तपुरमा ८९ जना र ललितपुरमा १०३ जना पुगेका छन ।
काठमाडौ उपत्यकामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९६५६९ जना पुगेका छन ।जस्मा काठमाडौमा ७८१६२ जना भक्तपुरमा ७०९२ जना र ललितपुरमा ११३१५ जना पुगेका छन ।