पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु ।

  ग्राण्ड सम्बाददाता
 59 पटक हेरिएको

काठमाडौ / २४ घण्टामा नेपालमा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४३५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण ।

प्रदेश १ मा २५९ जना प्रदेश २ मा ५६ जना

बागमती प्रदेशमा ९४० जना ।

गण्डकी प्रदेशमा १०६ जना ।

लुम्बिनीमा प्रदेशमा २२४ जना ।

कर्णाली प्रदेशमा ३४ जना ।

सुदूरपश्चिम प्रदेशमा ८४ जना रहेका छन ।

हाल होमआईसोलेसनमा १०९४४ जना रहेका छन । ५०० भन्दा माथि कोरोना संक्रमित जिल्ला हाल सम्म ४ ओटा जिल्ला रहेका छन ।

कोरोना संक्रमितहरु मध्ये मृत्यु हुनेको प्रतिशतमा ०.६% रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल आईसियुमा उपचाररत ३५४ जना छन । भेन्टिलेटरमा ५४ जन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सम्म फीसीआर परिक्षण गरेका मध्ये कोरोना संक्रमितको प्रतिशतमा १३.४% रहेका छन । कोरोना संक्रमण मुक्त भैई निको हुनेको प्रतिशतमा ९१.९% रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार