नेपालमा पछिल्लो २४ घण्टामा १७०३ जनामा कोरोना पुष्टि ।

  ग्राण्ड सम्बाददाता
 56 पटक हेरिएको

काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा १०४६० जनाको पीसीआर परिक्षण गर्दा १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये महिला ६९६ र पुरुष १००७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या १७२३७ जना रहेको छ ।

क्वारेन्टाइनमा ६०१ जना रहेका छन । हाल सम्म कोरोना संक्रमित हुनेहरुको संख्या २२९३४३ जना पुगेको छ । जसमा महिला ७८६८६ जना यो प्रतिशतमा ३४% रहेका छन ।

पुरुष १५०६५७ जना छन प्रतिशतमा ६६% रहेका छन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भएर १२३६ जना डिस्चार्ज भएका छन ।

यो सहित कोरोना संक्रमण मुक्त भैई डिस्चार्ज हुनेको संख्या २१०६७१ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट निको हुनेको प्रतिशतमा ९१.९% रहेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार