वि.स.२०७७ साल मंसिर १२ गते शुक्रबारको राशिफल ।

  ग्राण्ड सम्बाददाता
 103 पटक हेरिएको

वि.स.२०७७ साल मंसिर १२ गते शुक्रबार इश्वी सन २०२० नोभेम्वर २७ तारीख कार्तिक शुक्लपक्ष द्वादशी तिथीे प्रातः ०८ः२२ बजे सम्म पश्चात त्रयोदशी तिथी अश्विनी नक्षत्र व्यतीपात योग कौलव करण चन्द्रमां मेष राशिमा आनन्दादि योगमा वज्र योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु ।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ । आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा काम बिग्रन सक्छ । लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)प्रतीक्षित नतिजाले हौसला जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ । कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउने छन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मिहिनेत गर्दा राम्रै फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)घुमफिर तथा मनोरञ्जनको समय छ । प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढ्नेछ। प्रेमको बन्धन कसिने समय छ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)स्रोत साधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । अध्ययनमा राम्रो उपलब्धि हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)हिम्मतले काम बन्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । छोटो समयमा उपलब्धि हातलागी हुनेछ । स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)मान सम्मान पाइने समय छ । बोलीको भरमा चिताएको काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । रोकिएका काम सम्पादन हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार