२४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु ।

  ग्राण्ड सम्बाददाता
 87 पटक हेरिएको

काठमाडौ / २४ घण्टामा नेपालमा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या १६७९३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल होमआईसोलेसनमा १०५७५ जना रहेका छन । ५०० भन्दा माथि कोरोना संक्रमित जिल्ला हाल सम्म ४ ओटा जिल्ला रहेका छन ।

कोरोना संक्रमितहरु मध्ये मृत्यु हुनेको प्रतिशतमा ०.६% रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल आईसियुमा उपचाररत ३३३ जना छन । भेन्टिलेटरमा ५६ जन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सम्म फीसीआर परिक्षण गरेका मध्ये कोरोना संक्रमितको प्रतिशतमा १३.४% रहेका छन । कोरोना संक्रमण मुक्त भैई निको हुनेको प्रतिशतमा ९२.% रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार