कक्षा १२ को परीक्षा दिने क्रममा अनियमितता भएको २६ सेकेन्डको भिडियो भाइरल ।

  ग्राण्ड सम्बाददाता
 101 पटक हेरिएको

काठमाडौ / जारी कक्षा १२ को परीक्षा दिने क्रममा अनियमितता भएको भिडियो भाइरल भएको छ । परीक्षा हलमा खिचिएको २६ सेकेन्डको सो भिडियोमा विद्यार्थीहरु मोबाइलको स्क्रीन हेर्दै उत्तर लेखिरहेका देखिएका छन् ।

परीक्षा हलमा निरीक्षक भने देखिँदैनन् । भिडियो खिच्ने विद्यार्थीले भनिरहेका छन्, ‘इग्जयाम भनेको यही हो है केटाहरु हो, सिर्जना मोबाइलमा, हाम्रो घिसिङ सर पनि मोबाइलमा, यतापनि मोबाइलमा हो, उतापनि मोबाइलमा हो सब केटाहरु, सर छैन ।

यही हो है केटाहरु इग्जाम भनेको यही हो । मेरो सकिसक्यो ।’ यो भिडियो कुन परीक्षा केन्द्रको हो भन्ने खुलिसकेको छैन । यो भिडियो सामाजिक सञ्जाल फेसबुक र टिकटकमा अहिले भाइरल भइरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले परीक्षामा स्मार्ट फोन प्रयोग गर्ने, चिट चोर्ने काममा संलग्नलाई फौजदारी कसुर अनुसार कारवाही हुने बताउँदै नियम विपरीत परीक्षा सञ्चालन गर्ने केन्द्रको परीक्षा समेत रद्ध हुने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार