भागबन्डा खानेले समर्थन गरेकै आधारमा सन्किदै गएको प्रधानमन्त्री ओलीको बहिरगमन हुने दावी ।

  ग्राण्ड सम्बाददाता
 116 पटक हेरिएको

काठमाडौ / राप्रपा संयुक्तका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार संचालन हुनेमा शंका व्यक्त गरेका छन्।

एक-कुराकानीका क्रममा लोहनीले सनककै कारण प्रधानमन्त्रीको बहिरगमन हुन सक्ने सम्भावना रहेको बताएका हुन्। वरिपरि बसेर भागबन्डा खानेले समर्थन गरेकै आधारमा सन्किदै गएको खण्डमा प्रधानमन्त्री ओलीको बहिरगमन हुने उनले दावी गरे।

सम्माननीय प्रधानमन्त्रीले नै अब पनि निरन्तरता पाउनुहुन्छ जस्तो मलाई चाहीं लाग्दैन । उहाँका वरिपरि बसेर भागबन्डा खानेले समर्थन गरिहाल्छन् नि । उनीहरुले उहाँलाई कहाँ हामी कमजोर छौ भनेर त सन्काउलान् । यसरी नै सन्किदै जानुभयो भने उहाँको बहिरगमनको सम्भावना अत्यन्तै देखिएको छ ।”,

उनले भने। प्रधानमन्त्रीले ‘म कसैलाई भ्रष्टाचार गर्न दिन्न आफू पनि गर्दिन’ भन्दै आएता पनि व्यवहारमा त्यस्तो नदेखिको दावी गरे। पागल मान्छेले आफूलाई पागल होइन, ठीक छु भन्नु र ‘म कसैलाई भ्रष्टाचार गर्न दिन्न आफू पनि गर्दिन’ एकै रहेको उनको जिकिर छ।

ओलीले आफ्नो पाखण्डपनलाई नचिनेको उनको आरोप छ। पाखण्डीपन बढेर गएकै कारण नेतृत्व सङ्कटमा आउने पनि लोहनीको तर्क छ। पाखण्डीपन कुनै पनि नेतृत्व स्थायी नहुने उनले दावी गरे।

विगतमा नेपाली संकट भनेकै जब नेतृत्वमा पाखण्डीपन बढेर जान्छ, त्यसपछि संकट आउने त हो नि । संकट आउने अवस्था आयो भने तपाईंहरुले यस्तो आएको छ भनेर बाटो देखाउने हो ।

त्यहाँ देखेको कुरा भन्दिने हो । हिजो गिरिजाबाबु पनि २०४८ सालमा शक्तिशाली भएर आउनुभएको थियो । पछि बढारिएर जानुभयो ।”,उनले भने।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार