आफैले बोलाएको नेकपा सचिवालय बैठक अनिश्चित बनायो प्रधानमन्त्रीले ।

काठमाडौ / मन्त्रिपरिषद् बैठक आज १ बजे बस्ने भएको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले आज (बुधबार) दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । सातामा सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गरेको छ। यसपटक सोमबार तिहार परेकोले आज बस्ने तय भएको स्रोतले जनाएको छ ।

पार्टीको सचिवालय बैठकका लागि तोकिएकै समयमा मन्त्रिपरिषद् बैठक बोलाइए सँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको बैठक अनिश्चित बनेको छ ।

कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकले आज दिउँसो १ बजे अर्को बैठक राख्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीले यस अघि देखि नै आजका लागि तोकिएको सचिवायल बैठक सार्नुपर्ने अडान लिइरहेको थियो ।

महासचिव विष्णु पौडेलमार्फत ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सचिवालयमा पेस आफूविरुद्धको प्रस्ताव फिर्ता लिन र बुधबारको बैठक सार्न आग्रह गर्नुभएको थियो ।

नेकपा भित्रको आन्तरिक कलह उत्कर्षमा पुगिरहेको बेला बोलाइएको बैठक कै समयमा मन्त्रिपरिषद् बैठक बोलाइएसँगै नेकपाको बैठक अनिश्चित बनेको छ भने विवाद अझै केही समय जारी रहने देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार