नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड र राष्ट्रपतिको भेटवार्ता ।

  ग्राण्ड सम्बाददाता
 129 पटक हेरिएको

काठमाडौ / नेपाल कम्युनिष्ट पार्टी (नेकपाका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् ।

नेकपाभित्रको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढ्न थालेसँगै प्रचण्ड उनलाई भेट्न शीतल निवास पुगेका हुन् ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति र प्रचण्डबीचको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ ।

दुइदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलिलाइ प्रचण्ड लगायत ५ जना सचिवालय सदस्यले १२ आरोप सहित राजनीतिक प्रतिवेदन बुझाए पछि जन नेकपा भित्र बिबाद चुलिएको थियो ।

प्रतिवेदन बुझाएपछि प्रधानमन्त्रीले विभिन्न नेताहरु संग छलफल पश्चात् हिजो मात्रै राष्ट्रपतिलाइ भेटेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार