पोर्चुगलले एन्डोरालाई ७-० ले हराए ।

एजेन्सी

काठमाडौ  / अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलअन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले फराकिलो जीत निकालेको छ । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले एन्डोरालाई ७-० ले हराएको हो ।

पोर्चुगलको जीतमा डियास फर्नान्डेजले दुई गोल गर्दा नेटो, क्रिस्टियानो रोनाल्डो, रेनाटो सान्चेज र सेक्‍वेराले १-१ गोल गरे । त्यसैगरी एक गोल उपहार पाएको थियो ।

खेलको आठौं मिनेटमा नेटोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा फर्नान्डेसले पोर्चुगलको अग्रता दोब्बर पारे । पहिलो हाफ २-० मा सकिएको थियो ।

दोस्रो हाफको ५६औं मिनेटमा सान्चेजले गोल गरेपछि पोर्चुगल ३-० ले अघि बढ्यो । ६१औं मिनेटमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई चार गोलको अग्रता दिलाए । ७६औं मिनेटमा गार्सिया मिरामोन्टेसले आत्मघाती गोल गरेपछि पोर्चुगल ५-० को आरामदायी अवस्थामा पुगेको थियो ।

८५औं मिनेटमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गोल गरे भने सिक्‍वेराले ८८औं मिनेटमा गोल गरेपछि पोर्चुगल ७-० को विशाल अन्तरले विजयी भएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार