हाम्रो समृद्धि नेपालको पहलमा अमेरिकामा बसोबास गर्ने लोक घिसिङ देखि नायक जंगे लोप्चनले गर्यो नगत सहयोग

  hem bomzan tmg
 106 पटक हेरिएको

नेपाल : मृगौला पीडित, ब्लड क्यान्सर, एकल महिला, सुत्केरी अामा र साच्चिकै पीडाको समस्यामा परिरहेकाहरु लाई १ बोरा चामल, २ केजी दल, १ लिटर तेल,१प्याकेट नुन,गरेर १८३ जनालाई खाद्यान्न वितरण गरेका छन, हाम्रो समृद्धि नेपालको समायोजनमा उक्ता राहत बितरण गरिएको हो

कोरोना भाइरसको कारण देशमा धेरै महिनासम्म लकडाउन भएको कुरा हामी सबैलाई अवगत नै छ।तर लकडाउनको कारणले दैनिक ज्यालादारीमा काम गरेर खानुपर्ने नेपाली जनताहरु निकै मारमा परिरहेका छन।

आज त्यही मारमा परेकाहरु लाई अमेरिकामा बसोबास गर्नु हुने समाजसेवी लोक बहादुर घिसिङ, तामाङ चलचित्रका चर्चित नायक जंगे लोप्चन,समाजिक अभियन्ता सरोज लामा घिसिङ, र समाजसेवी सागर घिसिङ र समाजिक अभियन्ता बाविता योञ्जन लगायतले नगत सहयोग गर्नु भएको थियो ।

१) हाम्रो समृद्ध नेपालबाट ७७ जनालाई रु. १५४,०००/-
२)लोक बहादुर घिसिङ ४६ जनालाई रु.९३,४९०/-
३)जंगे लोप्चन १० जनालाई रु २०,०००/-
4)सरोज लामा घिसिङ १०जना रु. २०,०००/-
५)सागर घिसिङ १०जना रु.२०.०००/-
४)वाविता योञ्जनकी (स्वर्गीय अामाको नाममा) २ सुत्केरी अामालाई विशेष खाद्यान्न वितरण ।
कुल रकम जम्मा ३०७,४९०/-

यसरी हाम्रो समृद्धि नेपालको पहललाई साथ दिनुहुने सम्पुर्ण मनको धनी समाजसेवी र यो अभियान साथ दिनुहुने सम्पुर्णलाई संस्थाको अध्यक्ष सुदिन लामा दोङ बाट अर्को यस्तै पुण्यको काम हरुमा साथ सपोर्टको अपेक्षा गर्दै धन्यवाद व्यक्त गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार