नागरिकप्रति सामान्य जिम्मेवारीबोध पनि सरकारमा देखिएन : शेरबहादुर देउवा।

राजनीति

  ग्राण्ड सम्बाददाता
 38 पटक हेरिएको

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील नभएको दाबी गरेका छन्। उनले कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गइरहेको बेला पनि सरकार गम्भीर नदेखिएको आरोप लगाए।

‘सरकार अत्यन्तै गैरजिम्मेवार भइरहेको छ । कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई कुनै मतलव छैन । कुनै चिन्ता देखिएको छैन,’ उनले भने, ‘सरकार कोरोना संकटका बेलामा पनि भ्रष्टाचारमा लिप्त छ । मानवीय संवेदना देखिएन ।’

कांग्रेस कोभिड–१९ अनुगमन समितिले प्रदेश १ का पार्टीका अगुवा नेता कार्यकर्ताका साथै जनप्रतिनिधिसँग गरेको भर्चुअल छलफलमा सभापति देउवाले पीसीआर परीक्षण बढाउन सरकारसँग आग्रह गरे । उनले भ्रष्टाचार गर्नुभन्दा अस्पताल निर्माणमा लाग्न सरकारलाई आग्रह गरे ।

‘भ्रष्टाचार गर्नुभन्दा अस्पताल बनाउनुपर्‍यो । जनताको ज्यान जोगाउनतर्फ सरकारको ध्यान जाओस्, उनले भने, उनीहरुलाई सरकारमा बस्ने नैतिकता पनि छैन ।’ सभापति देउवाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कोरोना संकटका बेलामा जनताको सेवामा काम गर्न निर्देशन दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार