तामाङ चलचित्रकर्मिको दुखमा मलम लाउदै रोशी गाउँपालीकाका प्रमुख डिबी मोक्तान,गर्यो चलचित्रकर्मीलाई ५० हजारको राहत बितरण

काठमाडौ : कोभिड १९ कोरोना भाईरसका कारण लामो समय सम्म लकडाउन खेप्न परेका तामाङ चलचित्रकर्मीलाई ह्याङला सिने मिडिया हाउसको राहत संकलन तथा बितरण अभियानमा रोशी गाउपालिकाका प्रमुख, निर्माता, निर्देशक तथा समाजसेवी डिबी मोक्तानको तर्फबाट नगद रु ५०००० पचास हजार हसयोग भएको छ ।

अति समस्यमा परेका तामाङ चलचित्रका कलाकार, प्राविधिक गरेर २२ जनालाई तामाङ सुपर स्टार नायक कुमार मोक्तानको बाहुल्यताबाट राहत बितरण गरेएको हो ।

चलचित्रमै जीवन बिताई रहेका थुप्रै कलाकार, तथा प्राबिधिक समस्यामा परेका हरु लाई राहत बितरण तथा संकलन अभियानलाई हामी निरन्तर दिने छौ भन्नु हुन्छ ह्याङला सिने मिडिया हाउसका प्रबन्धक निर्देशक तथा सिने पत्रकार जयन कुमार मोक्तान ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार