जनगणना २०२० मा सबैले भाग लिन नछुटौ।

जनगणना

  अदिल थिङ
 130 पटक हेरिएको

क्यालिफोर्निया – सन् २०२० को जनगणनाले संयुक्त राज्य अमेरिकामा बस्ने सबै मानिसहरुको गणना गर्दछ ,जनगणनाले अमेरिकी सरकारमा राज्यको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्वको निर्धारण गर्दछ । हामी नेपाली ग्लोबल अन्तराष्ट्रीय सँघ मार्फत पनि हामीहरुले जनगणना -२०२० मा सहभागि हुनको लागि सुचन प्रकाशित तथा सम्प्रेषण गरेका छौ ।

२०२० जनगणना भनेको के हो ?

जनगणनाको लक्ष्य संयुक्त राज्य अमेरिकामा बस्ने प्रत्येक व्यक्तिलाई एक पटक, केवल एक पटक र सही ठाउँमा गणना गर्नु हो। अमेरिकी संविधानको धारा २ ले जनाउँछ कि यो जनसंख्या र आवास गणना प्रत्येक १० बर्षमा हुन्छ । मार्च २०२० मा जनगणना विभागले घर- परिवारहरुलाई जनगणनामा सहभागी हुन निमन्त्रणा गर्दै हुलाक कार्यलय मार्फत जानक़ारी पठाएको थियो र छुट्नुहुने महानुभावहरुले यो गरिहाल्नु आवश्यक छ ।

२०२० जनगणना किन महत्वपूर्ण छ ?

अमेरिकामा जनगणनाको फ़र्म भर्ने अवधी अब धेरै समय बाँकी छैन यो पटक यहाँको जनगणनाको तथ्यांकमा हाम्रो कुल संख्या समाबेश गराउन जरुरी छ। जनगणना भनेको तपाईको घर- परिवार र त्यसमा बस्ने मानिसबारे आधारभूत जानकारीहरु सोध्ने सानो प्रश्नावली हो । तपाईक़ा व्यक्तिगत जवाफहरु गोप्य हुन्छन् सरकारले राजनीतिक रुपमा प्रतिनिधित्वको बाँड़फाँड र स्रोत साधनहरु कहाँ खर्च गर्ने जनसंख्याको गणनालाई प्रयोग गर्छ । यसले नेपालीहरूको पहिचान सहित तथ्याङ्क हासिल गर्न सहयोग गर्न सक्छ । सही तथ्याङ्कबाट नै नेपाल सरकारले पनि अमेरिकाको कुन-कुन ठाउँमा कस्तो- कस्तो सेवा बिस्तार गर्नु पर्ने हो भन्ने निर्णय गर्न सहयोग गर्दछ ।


महत्त्वपूर्ण कुरा के हो भने जनगणनाको फर्ममा व्यक्तिको अध्यागमन सम्बन्धी कुनै प्रश्न छैन् । त्यसैले सबै नेपालीहरूले आगामी जनगणनामा स्व -स्फुर्त रुपमा सहभागी हुनुपर्छ र नेपाली परिचय खुल्ने गरी फर्म भरौ । हामी सबै नेपालीहरूले आफ्नो नेपाली पहिचान स्पष्ट खुल्ने गरी फर्म भर्यौ भने अमेरिकामा बस्ने नेपालीको बारेमा सही सहि तथ्याङ्क निकाल्न हामीलाई सहज पनि हुनेछ ।

सबैलाई हार्दिक अनुरोध:-

संयुक्त राज्य अमेरिका स्थित कार्यरत नेपाली संघसंस्थाका अध्यक्षज़्यूहरू तथा प्रतिनिधि ज़्यूहरू , पत्रकार मित्रहरु ,समाजसेवी ब्यक्तित्वहरू तथा बुद्धीजीवीबर्ग़ लगायत अमेरिका भरि छरि बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाईहरुलाई निर्धारित समय भित्र नै फ़र्म भरि आफ्नो अधिकार सुनिश्चित गर्नुहोस् र यदि तपाईले अहिले सम्म फर्म भर्नु भएको छैन भने कृपया ढिलो नगरी यसमा सहभागी हुनुहोस् साथै सम्पूर्ण नेपालीहरुमा हार्दिक अनुरोध समेत गर्दछौ ।
टेक वाईबा लामा
उपाध्यक्ष
हामी नेपाली ग्लोबल अन्तराष्ट्रीय संघ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार