नायक जंगे लोप्चन बाट लिदि पहिरो पीडितलाई नगत सहयोग

 

भक्तपुर :तामाङ चलचित्रमा व्यबासाहिक कलाकारिता गर्दै आउनु भएका नायक जंगे लोप्चन द्वारा ४० हजार रकम लिदिका पहिरो पीडित लाई सहयोग गर्नु भएको छ।

लामो समय तामाङ चलचित्रमा योगदान दिनु भएको नायक जंगे लोप्चन द्वारा यति ठूलो रकम सिन्धुपाल्चोक जुगल गाउँपालिका २ लिदिका पहिरो पीडितलाई समृद्ध नेपालका अध्यक्ष एवम् सामाजिक अभियन्ता तथा संचारकर्मी सुदिन लामा दोङको समन्वयमा राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन बलको प्रमुख अातिथ्यतामा जुगल गाउँपालिका उपप्रमुख श्रीजना तामाङको हातमा बितरण गरिएको हो।

तामाङ चलचित्रको रंगमञ्चमा रमाउने नायक चलचित्रमा मात्र नभइ सामजसेवामा पनि नायक भएर अर्को नायकत्व प्रस्तुत गरिएको छन भने पीडित दुखि हरुको मलम भएर भगवान दर्शाएको छन ।

दर्जनौं भन्द धेरै चलचित्रमा आफ्नो अभिनय गरि सक्नु भएको जंगे लोप्चन अब छिटै आफ्नो दर्शकलाई नया चलचित्र पस्किने तयारिमा रहेको छन,भने अब समाजसेवामा पनि तिब्र रुपमा लागीपर्ने भनेर नायकले बताउनु भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार