गोरु काटेको अभियोगमा मान्छे मार्न आदेस दिने सिडीओ र डिएसपीलाई जन्मकैदको माग।

राजनीति

  ग्राण्ड सम्बादाता
 95 पटक हेरिएको

धरान – गोरु काटेको आरोपमा प्रहरीले गोलि हानी ३८ वर्षिय रफिकुल आलमको हत्या गरेको विरुद्ध संघीय लोकतान्त्रिक राष्ट्रिय मंचले घोर बिरोध गरेको छ ।
हत्याको बिरोध गर्दै अध्यक्ष कुमार लिङ्देन मिराकले प्रेस बिज्ञप्ति जारी गर्दै झापा जिल्ला सिडीओ र डीएसपीलाई अबिलम्ब पदमुक्त गरि हत्यारालाइ जन्मकैदको सजायको माग गरिएको छ।यहि भदौ १० गते झापा जिल्ला झापा गाउपालिका -३ का आलमलाई गोलि हानी घाइते बनाएपछि उपचारको क्रममा मृत्यु भएका थिए।०६२ /६३ को जनआन्दोलनले नेपालमा संघीयता ,गणतन्त्र ,लोकतन्त्र र धर्मनिरपेक्षता स्थापना गरेको छ | धर्मनिरपेक्षता ,गणतन्त्र आइसकेपछी पनि जीवजनावर काटेको अभियोगमा ५ हजार भन्दा बढी नेपालीहरु जेलमा कोचिनु पर्ने ,अझ झापामा त दिनदहाडै प्रसासनको गोलि द्वारा हत्या नै हुनुपर्ने यो कस्तो देश हो ? यो कस्तो राज्य हो ? राणा ढलाइयो ,पन्च ,राजा ,संबैधानिक राजाबादी कांग्रेस /एमाले ढलाइयो र गणतान्त्रिक युगमा नेपाललाइ प्रवेस गराइएको अवस्था छ | देशमा यतिधेरै परिवर्तन भैसक्दा पनि नेपाली जनतालाई भाषा ,धर्म ,नश्लको आधारमा विभेद गर्ने र देशलाई सधै अध्यारोमा धकेल्न चाहने तत्व वा ‘’ बाद ‘’ कुन हो भनेर सम्पूर्ण नेपालीहरुले गम्भीर भएर सोच्नु पर्ने दिन आएको बिज्ञप्तिमा उल्लेख छ।

जारी गरेको प्रेस बिज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार