गर्जिए संसाद प्रेम तामाङ=आफू माथी लगाएको सबै आरोप राजनीतिक प्रतिरोध भएको दाबी

  हेम बोम्जन
 349 पटक हेरिएको

रसुवाका,संसाद प्रेम तामाङले आफूलाई जोडेर भ्रामक प्रचार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले व्यापारीसँग विप्लवको पार्टीको नाम लिँदै चन्दा मागेको आशयको समाचारप्रति झूटो हुँदाहुँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरो इन्चार्जको नामबाट प्रेषित विज्ञप्तिले पनि गम्भीर बनाएको बताएका छन् ।
‘पछिल्लो पटक नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरो इन्चार्जको नामबाट प्रेषित विज्ञप्तिले मलाई गम्भीर बनाएको छ । इन्द्र सापकोटासँगको अडियोमा कुरा गरेको आवाज मेरो होइन भन्ने कुरा म प्रष्ट पार्न चाहन्छु ।प्रविधिको विकास उच्चतम ढंगले भएको वर्तमान अवस्थामा निष्पक्ष अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउन पनि म अनुरोध गर्दछु’, तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले बार्गेनिङ गरेको भनिएका इन्द्र सापकोटा आफ्नो कयौं छलफलका विषयहरू हुन हुन सक्ने भएपनि उनीसँग कुरा गर्न आफूले नेपाल कम्युनिस्ट पार्टीको शक्ति दुरुपयोग गर्न जरुरी नभएको बताएका छन् ।
‘सत्य के हो भने अहिलेसम्मको राजनीतिक यात्राको क्रममा मेरा सम्पूर्ण समयहरु जनताकै सेवामा समर्पित गरे जसको जिउँदो साक्षी आदरणीय जनसमुदाय हुनुहुन्छ ।जनतासँग को हाम्रो सुमधुर सम्बन्ध विकसित सुन्दर समृद्ध रसुवा निर्माण गर्ने हाम्रो टिम लक्ष्य र खटाइ देखेर अत्तालिएका जनविरोधी तत्वले एउटा कमजोर पात्र र विषयलाइ हतियार बनाई आफ्नो लक्ष्यमा सतिसाल झै अडिग र अविचलित हाम्रो टिमको पिछा गरेर सधै झुठा ,भ्रामक असत्य र तथ्यहिन समाचार सम्प्रेषण गरी आदरणीय जनसमुदायलाई दिग्भ्रमित पार्ने चरित्र हत्या गर्ने प्रयास मात्र हो’ उनले भनेका छन् ।
उनले आफूलाई अनावश्यक रुपमा मुछ्ने काम भएको भन्दै दोषीमाथि कार्वाही गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार