आरबी लाइपजिग आफ्नो क्लब इतिहासमा पहिलोपल्ट युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल ।

अन्तर्राष्ट्रिय खेलकुद ।

  ग्राण्ड संबाददाता
 79 पटक हेरिएको

लिस्बन — आरबी लाइपजिग बिहीबार आफ्नो क्लब इतिहासमा पहिलोपल्ट युरोपेली च्याम्पियन्स लिगको सेमिफाइ पुगेको छ । उसले यसका लागि अनुभवी एटलेटिको म्याड्रिडलाई २–१ ले स्तब्ध पार्‍यो ।

अमेरिकी मिडफिल्डर टेलर एड्म्सले ८८औं मिनेटमा निर्णायक गोल गरे । उनको प्रहार एटलेटिको डिफेन्डर स्टेफान साभिचबाट ‘डिफ्लेक्ट’ भएको थियो । जर्मन टिमले स्पेनी फरवार्ड डानी ओल्मोको गोलले अग्रता लिएको थियो ।

त्यसपछि जाओ फेलिक्सले पेनाल्टीबाट बराबरी गोल फर्काए । सन् २०१४ र २०१६ को उपविजेता एटलेटिकोले खेलको अन्त्यतिर रक्षात्मक भएर खेलेको थियो र यो महँगो सावित भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार