केशब अधिकारी अहिले जापानमा नेपाली व्यावसायीहरु मध्यमा अग्र स्थानमा रहेका छन-चौतारो रेस्टुरेन्ट जहाँ सबै प्रकारका नेपाली खाना देखि जापनिज फुट उपलब्ध छन

 

बिगत २२ बर्ष देखि जापानमा बसोबास गर्दै आउनु भएका स्थायी घर धादिङ भएका समाजसेवी तथा व्यावसायी केशब अधिकारी अहिले जापानमा नेपाली व्यावसायिहरु मध्यमा अग्र स्थानमा रहेका छन, ।

जापानिज वाइनबार जापानीज रेस्टुरेन्ट ( इजागया) बाट व्यावसाय सुरु गर्नु भएका अधिकारीले अहिले जापानको अन्तर्राष्ट्रिय विमान स्थल हानेदा एयरपोर्ट बाट दस मिनेटको दुरिमा रहेका कामता स्टेसनमा जापानमै नेपाली रेस्टुरेन्टहरु मध्यमा अहिले सम्मकै सबैभन्दा ठुलो २५० भन्द बढी क्यापसिटी रहेको चौतारो रेस्टुरेन्ट संचालनमा ल्याएउनु भएका छन,भने उहाँले ५०/६० जना नेपाली तथा जापानीजहरुलाइ समेत रोजगारी दिदै आउनु भएको छ , उक्त रेस्टुरेन्टमा नेपाली कला सस्कृती तथा विश्व सम्पदा सुचिमा परेका सास्कृतिक सम्पदा झल्किने खालका चित्रहरुलाइ भित्तामा चौतारो सङगै चित्रण गरिएको छ ,नेपालमै रहेको अनुभुती दिलाउने रेस्टुरेन्टका संयोजक बिनय श्रेष्ठले बताउनु भयो ।

विशेष गरि नेवारी खानाका साथमा थकाली खाना नेपाली स्वादका परिकार हरु पाउनुका साथै नेपाली कला सस्कृती झल्किने लाइभ लोकदोहोरिको साथमा रम्न रमाउन पाइनेछ ! दस एघार बर्षा जापानीज कम्पनीमा काम गरेका कारण जापानमै नेपाली रेस्टुरेन्ट खुलाएको उनले बताउछन् , स्वच्छ ,सुन्दर पारिवारिक बाताबरणमा खुलेको उक्त रेस्टुरेन्टमा नेपाली हरुको मागलाइ ध्यानमा राखी रेस्टुरेन्ट भित्रै रेमिटेन्स सुबिधा संगै हलाल फुड दाल,चामल,चिनी,खसिको मासु लगाएत थुप्रै सर सामनहरु उपलब्ध गराएका छन ।

व्यावसायि तथा समाजसेबि अधिकारीले नेपाली नारिहरुको महान चाड हरि तालिका तिजलाइ लक्ष्यित गरि कामतामा रहेको चौतारो रेस्टुरेन्टमा बहस तथा तिज कार्यक्रम सार्बजनिक गरेका छन ! उक्त तिज विशेष बहस तथा कार्यक्रममा सम्पुर्ण जापानमा रहनु भएका दिदिबहिनीहरुलाइ चौतारो रेस्टुरेन्टमा सहभागिताको लागि अनुरोध समेत गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार