१५ लाख बराबरकाे राहत प्राचीन आनुवाद एकमातृ गुरुसंघले वितरण गरे।

समाज

  ग्राण्ड संबाददाता
 302 पटक हेरिएको

साउन ६ काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारणले मनव जिवन अस्त व्यस्त भनेको छ । कोरोना भाइरासको संक्रमणबाट जोगिन महिनौं दिन देखि नेपालमा लकडउन जारी रहेको छ । रोजगरीको शिलशिलामा विभिन्न जिल्लाबाट राजधानीमा आएर बसोबस गर्ने दैनिक ज्याला मजदुरी गरेर जिवनयापन गर्ने श्रमिकहरुको अवस्थालाई मध्यनजर गरि प्राचीन आनुवाद एकमातृ गुरु संघ, नेपालले राहत वितरण गरिसकेका छन् ।

 

विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको बेला नेपालमा पनि महामारीलाई नियन्त्रण गर्न लगाइएको लकडाउनका कारणले ज्याला मजदुरी गरेर जिवनयापन गर्ने श्रमिकहरुको पहिचन गरि प्राचीन आनुवाद एकमातृ गुरु संघ, नेपालले ६०९ घर परिवारलाई राहत वितरण गरिसकेको सस्थाका महासचिव रोज बहादुर तामाङ (च्याङ्वा) ले जानकारी दिनु भएको छ।

उक्त सस्थाले बौद्ध, नयाँबस्ती, कुमारीगाल, रामहिटी, तीनचुली, महांकाल, कपन, हाडीगाउँ, बँजाजु, टुसाल, जोरपाटी, आरुबारी, अतारखेल, मकलबारी र नराणटार लगायतका क्षेत्रमा दैनिक ज्यालादारी मजदुर, सुकुम्बासी, गरिव असहाय, विरामी र अभावग्रूत महानुभावहरुको पहिचान गरि राहत बाँडेको हो ।

डोल्पो टुल्कु रेन्पोछे तथा डोल्पो टुल्कु च्यारीटीबल फाउन्डेशनकोे सहयोगमा र यस सस्थाको समन्वयमा एक परिवारका लागि चार हजार बराबरको रासन उपलब्ध गरेका छन् । ३५३ घर परिवारका लागि प्रति परिवार २५ किलो चामल, ५ किलो दाल, १० किलो आँट पीठो, ४ लिटर तेल, २ किलो चिनी र ४ वटा साबुन राहत वितरण गरेका छन् । २५६ घर परिवारका लागि भने विभिन्न व्यक्तीत्वहरुको आर्थिक सहयोगमा सम्पन्न गरेका छन् । उक्त २५६ घर परिवारका लागि प्रति घर परिवार १० किलो चामल, १.५ केजी दाल, १ लिटर तेल, १ किलो नुन बँडिएका छन् भने अवश्यक्ता अनुसार केहीका लागि ग्यास, आलु, प्याज, मास्याउरा र केहिका लागि उपाचरका खर्च नगद समेत उपलब्ध गरेका सस्थाका अध्यक्ष राजन कुमार थोकर (सोनम) ले बताएका छन् ।

राहतका लागि सहयोग गर्नेहरुको विवरण

सुमित्रा राई रु. ५०,०००।–
टसी कुमार लामा रु.२५,०००।–
सुर्य बज्र लामा रु. २५,०००।–
शेखार लामा थोकर रु. २०,०००।–
विर मान लामा रु. २०,०००।– (फ्याफुल्ला कन्स्ट्रक्सनका प्रोपइटर)
इराकु लामा तामाङ रु. १५,०००।–
आङ दावा शेर्पा रु. १२,५००।–
श्री हारी श्रेष्ठ रु. १०,०००।–
लाक्पा ठिन्ले शेर्पा रु. १०,०००।–
जगत बहादुर तामाङ रु.८,०००।–
भिम माया तामाङ रु.३,०००।–
कमला तामाङ रु. २५००।–
ग्यानु लामा रु. २१००।–
राजु लामा रु. २०००।–
लाल माया तामाङ रु. १५००।–

उक्त राहत वितरण कार्यक्रम सम्बन्धित स्थानिय निकायहरुसँग समन्वय गरि वितरण गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार