प्रीती आले र समीर आचार्यको गीतमा शिव खड्का करिश्मा ढकालले बजार तताउदै सक्यो सुटिङ=

तीज गीत

  Hem bomzan
 1028 पटक हेरिएको

 

भक्तपुर : पर्यटकीय नगर भक्तपुरको रमणीय स्थल सुर्यबिनायकको विभिन्न स्थलमा ब्याटल गायिका प्रीति आले मगर र समीर आचार्यको स्वरमा सझिएको एकदमै मार्मिक गीत यसपालिको तीजमा बुढा बुढी संगै व्रत बस्ने बोलको गीतको सुटिङ सम्पन्न भएको छ।

नृत्य निर्देशक प्रतीक ङ्यासुरले निर्देशन गरेको गीतमा कलाकार शिव खड्का  र करिश्मा ढकालको बेजोड प्रस्तुति हेर्न सक्नु हुने छ,कोभिड=19 को माहामारि र लकडाउनको कारण भएको बिचलित परिवारको कथालाई समेटेर तयार पारिएको यस तीज गीतलाई छायांकन भने सुर्य लामाले गरिएको छ ।

रेनुका निरौला को प्रस्तुति,समीर आचार्य को लय तथा भानुभक्त कटुवाल को शब्दमा तयार भएको थियो भने विशेष धन्यवाद सुनिल श्रेष्ठलाई सम्पुर्ण टोलिले दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार