टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को महामारीका कारण एक वर्ष सरेको टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको छ । शुक्रबार सन् २०२१ मा आयोजना हुने खेलको तालिका सार्वजनिक भएको हो । खेल जुलाई २३ देखि सुरु भएर अगस्ट ८ सम्म चल्ने ओलम्पिकमा विभिन्न ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । जम्मा ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । टोकियोको विभिन्न ४२ स्थानमा प्रतिस्पर्धा हुने जनाइएको छ ।

खेल तालिका अनुसार खेलको प्रतिस्पर्धा जुलाई २१ देखि नै सुरु भएपनि औपचारिक उद्घाटन भने जु्लाई २३ मा हुनेछ । यस अघि टोकियो ओलम्पिक यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार