पूर्व जनमुक्ति सेना रचना मोक्तान यात्री को ´जीवन संघर्ष ।

लेख /साहित्य

  ग्राण्ड संबाददाता
 158 पटक हेरिएको

यतिबेला म
महासागरझैं निमग्न हुँदै
पल्टाईरहेछु जिन्दगीका पानाहरु
खोजीरहेछु स्थायी ओत लाग्ने छानाहरू
शोषणरहित समाजको निर्माणार्थ
अद्वितिय आशा बोकेर ।

हजारौं सहयोद्धाहरूसँगै
रणमैदानमा हेलिंदै गर्दा
आकाशबाट उल्कापात झर्दै गर्दा
रगतका नदीहरू तर्दै गर्दा
राता-ताता रगतका बाछिट्टा
मिसिएका झन्झावातहरू
अनगिन्ती अस्मेल यादहरू
ढुङ्गामा कुँदिएका हिगीझैं
कुँदिएकाछन स्मृतिपटलमा ।

एक सिक्काका दुई पाटाजस्तै
ठूलो घाउ लागेर बसेको खाटा जस्तै
छन् अनगिन्ती जीवन भोगाइहरू
तर फेरि पनि मैले
एक वार आउने जिन्दगीमा
सजाएकी छु
एउटा सुन्दर सपना
जसरी भयानक अँधेरो रातमा पनि
जूनकीरिको लुसिफेरिनले
छरेको हुन्छ आशाको उज्यालो
ठिक त्यसै गरी
आशङ्का र अविश्वासले
आक्रान्त मनहरूमा मैले
बाल्नु छ विश्वासको लुसिफेरिन ।

म इतिहिसको लुसिफेरिन खोजिरहेछु
जुन मैले हराएको थिएँ कतै
मलाई आशा छ
म एक दिन निस्कने छु
यो चकमन्न रातका विरुध्द
चेतनाको जूनकिरी बनेर !

✍️रचना मोक्तान “यात्री”
दिनाङ्क : ०१ साउन, २०७७

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार