परराष्ट्रले सच्याउन खोज्यो अयोध्याबारे ओलीको बोली।

  ग्राण्ड संबाददाता
 93 पटक हेरिएको

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले अयोध्या र रामको जन्मबारे दिएको अभिव्यक्तिलाई लिएर सवत्र्र विरोध र आलोचना भइरहेका बेला परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर त्यसबारे धारणा सार्वजनिक गरेको हो ।

मन्त्रालयले मंगलबार विज्ञप्तिमार्फत प्रधानमन्त्री ओलीको अभिव्यक्ति राजनीतिक नभएको प्रष्टीकरण दिएको हो । विज्ञप्तिमा ओलीको अभिव्यक्ति कसैको भावनामा चोट पुर्याउने आशयले नआएको दाबी गरिएको छ । ओलीले आफूहरुको धार्मिक आस्थामा चोट पुर्याएको भन्दै भारतमा चर्को विरोध भइरहेको छ । परराष्ट्रले प्रधानमन्त्रीले अयोध्याको महत्व र सांस्कृतिक मूल्यलाई अवमूल्यन नगरेको स्पष्ट गरेको छ ।

प्रधानमन्त्रीले श्रीराम र उनको जन्मस्थानबारे विभिन्न किंवदन्तीहरु रहेको भन्दै रामायणको थप अध्ययन र अनुसन्धान जरुरी रहेकामा जोड मात्र दिएको जिकिर परराष्ट्रको छ । भानु जयन्तीका अवसरमा सोमबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा ओलीले अयोध्या नेपालको पर्सा जिल्लास्थित ठोरीमा पर्ने भएकाले राम नेपाली नै भएको अभिव्यक्ति दिएका थिए ।

विज्ञप्तिमा विवाह पञ्चमीका लागि भारतको अयोध्याबाट जनकपुर जन्ती आउने परम्पराले हरेक वर्ष निरन्तरता पाउँदै आएको र नेपाल र भारतका प्रधानमन्त्रीले सन् २०१८ को मेमा रामायण सर्किट उद्घाटन गरेको भन्दै परराष्ट्रले ओलीको अभिव्यक्तिलाई सच्याउन खोजेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार