पैतौ ३ को अन्तिम उपग्रहको पनि सफल प्रक्षेपण।

अन्तर्राष्ट्रिय

  ग्राण्ड संबाददाता
 103 पटक हेरिएको

काठमाडौं – जुन २३ तारिख बिहान ९ बजेर ४३ मिनेटमा चीनले सिछ्वाङ उपग्रह प्रक्षेपण केन्द्रमा लङ मार्च टु-बी रकेटद्वारा पैतौ सिस्टमको ५५औं नेभिगेसन उपग्रह अर्थात् पैतौ ३को अन्तिम ग्लोबल नेटवर्क उपग्रहको सफल प्रक्षेपण गरेको छ। जसबाट पैतौ ३ ग्लोबल उपग्रह नेभिगेसन प्रणाली तैनाथ गर्ने काम पूर्व योजनाभन्दा आधा वर्ष अगावै पूरा भएको छ।

यस सफल प्रक्षेपणपछि संयुक्त राष्ट्र संघीय अन्तरिक्ष विभागले भिडियो पठाउँदै पैतौ सिस्टमको ग्लोबल नेटवर्क तैनाथ पूरा भएकोमा शुभकामना व्यक्त गर्नुका साथै पैतौ सिस्टमद्वारा ग्लोबल आर्थिक तथा सामाजिक विकास गरिएकोमा प्रशंसा गरेको छ।

हाल सारा विश्वका आधाभन्दा बढी मुलुकले पैतौ सिस्टमको प्रयोग गर्न थालेका छन्। पछि चीनको पैतौ सिस्टमले अन्तर्राष्ट्रिय उपग्रह नेभिगेसन मामिलामा भाग लिने छ। बहु-प्रणाली उपयुक्त सिस्टमको साझा अनुप्रयोगलाई प्रवर्द्धन गर्ने पैतौ सिस्टमले सारा विश्वका सर्वसाधारणको माग बमोजिम यस सिस्टमको विदेशमा पनि प्रयोगलाई विकास गर्ने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार