नेपाल तामाङ घेदुङ मलेसियाले १५औं वार्षिकोत्सव तथा साधारणसभा गर्ने ।

  मिलन लामा दोङ
 307 पटक हेरिएको

काठमाडौँ-नेपाल तामाङ घेदुङ मलेसियाको १५ औं वार्षिकोत्सव तथा साधरणसभा गर्ने भएको छ।यहीँ जुलाई ५ तारिख आइतबार मलेसियाको क्वालालम्पुर स्थित ग्य्राण्ड कन्टिनेन्टलमा एक कार्यक्रम गरी वार्षिकोत्सव तथा साधारणसभा गर्ने नेपाल तामाङ घेदुङ मलेसियाका महासचिव सविन लोप्चन तामाङले जानकारी दिनु भयो।

नेपालका विभिन्न जिल्लाबाट रोजगारीका शिलशिलामा मलेसिया आएका तामाङहरुले“विश्वा भरि छरिएर बसेका सम्पूर्ण तामाङ हरु एक हौं,ताम्सालिङ प्रप्तीको लागि एक जुट हौ”भन्ने मुल नारा लाई आत्मा साथ गर्दै सन् २००५ स्थापना भएको तामाङ घेदुङ मलेसिया र तत्कालीन तामाङ समाज मलेसियाको एकीकृत भएका थिए।

बिश्वभरि नै तछन्ड मच्चाइरहेको कोरोना भाईरस कोभोड-१९ लाई मध्यनजर गर्दै घेदुङका ऐतिहासिक १५औं बार्षिकोत्सव तथा साधारणसभामा नेपाल तामाङ घेदुङ मलेसिया परिवार उपस्थित हुने र अन्य संघसंस्था,बुद्धिजीवी,पत्रकार,लगायत विभिन्न पेशमा आबद्ध तामाङ तथा गैर तामाङ दाजुभाइ,दिदीबहिनीहरुलाई ZOOM Apps मार्फत समावेश गराउने महासचिव तामाङले ग्राण्ड न्युजलाई जानकारी दिनुभयो।

नेपाल तामाङ घेदुङ मलेसियाले स्थापना कालदेखिनै मलेसियामा विविध कारण पीडित भएका तामाङहरुको उद्धार,शैक्षिक क्षेत्र,आर्थिक कमजोर भएका विभिन्न रोगका बिरामीहरू लगायतलाई सहयोग गर्दै आएका छन्। पछिल्लोपटक कोरोना भाईरस कोभोड-१९ लाई मध्यनजर गर्दै मलेसियान सरकारले लागु गरिएको अवगमन निषेध(MCO) बाट प्रभावित भई खाद्यान्न संकटमा परेका नेपालीहरुलाई पटक पटक राहत वितरण समेत गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार