हामी नेपाली मलेसिया द्वारा पीडित नेपालीहरुलाई खाद्यान्न सहयोग ।

खाद्यान्न सहयोग ।

  ग्राण्ड संबाददाता
 411 पटक हेरिएको

क्वालालम्पुर मलेसिया – हामी नेपाली मलेसियाको covid -१९ आपतकालीन कोष तथा टास्क फोर्स कार्यसमिति बाट मलेसियामा समस्य परेका नेपाली श्रमिक हरुलाई खाद्यान्न सहयोग गरेको छन।

जातजाती ,धर्म ,राजनीति र बर्गबाट मुक्त स्वतन्त्र संगठन हामी नेपाली मलेसिया सस्थाले बिगत स्थापना काल देखी नै सामाजिक कार्यमा अग्रसर हुँदै अलपत्र परेका नेपाली हरुको उद्घर लगायत अर्थिक ,भौतिक तथा मानवीय सहयोग गर्दै आएको छन।

यसैक्रममा मलेसियान सरकारले जारी गरेको आवागमन नियन्त्रण आदेश MCO को कारण अन्तर्राष्ट्रिय उडान बन्दा भइ समस्यमा परेका मलेसिया जोहोर राज्य स्थित Qualpro search sdn .bnd कम्पनीमा कार्यरत २१ जना र Quaisearve search Sdh .bnd कम्पनीमा कार्यरत १३ जना गरि ३४ जना नेपाली श्रमिकहरुलाई खाद्यान्न राहत वितरण गरिएको संयोजक जगत दोङ तामाङले बताउनु भयो।

यस अघि Hopedel bevorage sdn . bhd कम्पनीमा कार्यरत २ जना , KL सेलङ्गर स्थित Conweld engineering sdn.bhd कम्पनीमा २ जना, Kl स्थित पुचुङमा टेगास सेक्युरिटी कम्पनीमा कार्यरत ५ जना र इपु पेराक स्थिति RITZTECN JNOUSTRIES SDN BHD कम्प्पनीमा कार्यरत ४ जनालाई खाद्यान्न सहयोग गरेको थियो भने आगामी आउदो दिनहरूमा पनि यस्तै पीडित को समस्य र अवस्थलाई बुझी निरन्तर सहयोग गरिने संयोजक तामाङ ले ग्राण्ड न्युज नेपाललाई बताउनु भयो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार