हामी नेपाली ग्लोबलद्वारा निशुल्का खाना वितरण

न्यूयोर्क/ हामी नेपाली ग्लोबलले निःशुल्क खाना वितरण गरेको छ।

विश्वभर फैलिएको कोरोना रोगको महामारीको समयमा अमेरिकाको न्युयोर्क ज्यक्सन हाइट स्थित बम्बो हाउसमा ३ सय ८० जनालाई निःशुल्क हाइजेनिक खाना वितरण गरेको हो।

उक्त कार्यक्रममा हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामा, न्यूयोक स्टेट एसेम्बली क्यानडेट Mr. Lggy Terranavo, न्यूयोक स्टेट एसेम्बली मेम्बर Lawyer Nuala O’Doherty, युनाइटेड शेर्पा एसोसिएसनका अध्यक्ष उर्गेन शेर्पा , गोर्खाली समाजका अध्यक्ष तुल्सी अमगाइ , न्क्विन्स समाजका बोर्ड मेम्बर खेम भट्टा र लोक नाथ सिग्देल , रोटरी क्लब अफ न्युयोर्क क्विन्सका अध्यक्ष नवराज केसी लगायतको उपस्थितिमा निःशुल्क खाना वितरण गरेको थियो।

यस अघि पनि हामी नेपाली ग्लोबलले न्यूयोर्कमा स्वास्थ्य सामाग्री वितरण गरेको थियो भने नेपालमा पनि सस्थाले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न लागु गरिएको लक डाउनका कारण विपन्न, अशक्त, असह्य, ज्यालादारी मजदुर थप संकटमा परेका पीडितका लागि खाद्यान्न सामग्री वितरण गरिएको थियो ।

संस्थाले नेपालका विभिन्न छेत्रमा सेवा र सहयोग गर्दै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार