युवा व्यावसायिक फुर्बा दोर्जे मोक्तान द्वारा हामी नेपाली ग्लोबल शाखा मलेसियाको [ COVID 19 ] आपतकालीन कोषमा आर्थिक सहयोग ।

COVID - 19 ईमर्जेन्सी फाउंन्ड

  ग्राण्ड संबाददाता
 239 पटक हेरिएको

जेठ १२ क्वालालम्पुर – युवा व्यावसायिक /समाज सेवि एवं चलचित्र अभिनेता फुर्बा दोर्जे मोक्तानले हामी नेपाली ग्लोबल मलेसिया द्वारा निर्मित कोरोना भाइरस COVID 19 ईमर्जेन्सी फाउंन्डमा आर्थिक सहयोग गरेको छ।

विश्व महामारी रूपमा फैलिदै गरेको कोराना भाइरस (COVID-19)बाट प्रभावित भइ विश्व भरि अलपत्रमा परेका नेपालीहरुको अवस्था हेरि खाद्यान्न सामाग्री लगायतका भौतिक तथा मानवीय सहयोग गर्ने उद्देश्यले हामी नेपाली ग्लोबल ले आपतकालिन कोष संचालन कार्यविधि २०२० को दफा बमोजिम विभिन्न देशहरुमा Task force राष्ट्रिय कार्यसमितिको चयन गरि आपतकालिन कोष निर्माण गर्ने निर्णय अनुरुप हामी नेपाली ग्लोबल शाखा मलेसियाले स्थापना गरिएको COVID-19 आपतकालीन कोषमा” समाज सेवि फुर्बा दोर्जे मोक्तान तामाङ ज्युले नेपाली रु. १३,७५०/- जम्मा गरि सहयोग गर्नु भएको छ।

विगत लामो समय देखी संघसंस्था तथा कलाकारिता क्षेत्रमा काम गर्दै आउनु भएका युवा व्यावसायिक फुर्बा दोर्जे मोक्तान ले पीडित तथा बिपन्न बर्गलाई राहत वितरण र बिदेश मा अलपत्र परेका नेपालीहरुको उद्घर गरि सामाजिक कार्यमा एक इतिहास रचना सफल भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार