मलेसियामा कोरोना सङ्क्रमित १३ जना नेपाली निको भए।

अन्तर्राष्ट्रिय

  ग्राण्ड संबाददाता
 72 पटक हेरिएको

जेठ ४ क्वालालम्पुर – मलेसियामा अहिलेसम्म ५५ जना नेपालीमा कोरोना सङ्क्रमण भएकोमा १३ जना निको भएर काममा फर्केका मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकी ४२ जना पनि निको हुने चरणमा रहेका छन् । सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ ।

यस्तै दूतावासले नियमित सेवा सुरु गरेको छ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै कन्सुलर सेवा बन्द गरेको भए पनि अहिले दूतावासले नियमित कन्सुलर सेवा सुरु गरेको छ ।

पासपोर्ट बनाउने, बनेको पासपोर्ट दिने लगायतका काम सुरु भएको छ । मलेसियन सरकारले लकडाउन खुकुलो बनाउँदै उद्योग तथा कार्यालयहरु खुलाएकाले दूतावासले पनि आफ्नो नियमित काम सुरु गरेको हो ।

यस्तै मलेसियामा ६ हजार नेपालीले दूतावासमा आफ्नो विवरण टिपाएका छन् । जसमध्ये आधी जतिले स्वदेश फर्कन इच्छा देखाएका र बाँकीले आफ्नो अवस्थासहितको विवरण टिपाएका राजदूत पाण्डेले बताउनुभयो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार