गोकर्णेश्वर ९ स्थित शंखडोल डोजोद्वारा प्रथम राष्ट्रव्यापी अनलाइन काता प्रतियोगीता आयोजना गर्ने

काठमाडौं / गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित शंखडोल डोजोले आफ्नो वार्षिकोत्सवको अवसरमा यहीँ जेठ १ र २ गते प्रथम राष्ट्रव्यापी अनलाइन काता प्रतियोगिता आयोजना हुने भएको छ।

पछिल्लो समय कोरोना भाइरसको बढ्दो प्रकोपसँगै खेलकुद गतिविधि रोकिएका छन्। यद्यपि विकल्पका रुपमा अनलाइनबाट खेल खेलाउने प्रचलन भने बढ्दै गएको छ । पछिल्लो समय विश्वमा चेस, तेक्वान्दो लगायतका खेलहरु अनलाइनबाट खेलाउन शुरु गरिएको छ। कराँतेको कातामा सहभागी हुने खेलाडीहरुले काताको भिडियो पठाउने र निर्णायकले भिडियोका आधारमा मूल्याङ्कन गर्ने गरी तयारी गरिएको आयोजक शंखडोल डोजोले जनाएको छ। त्यस्तै प्रदर्शनको मूल्याङ्कन सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठले गर्ने भएका छन।

शंखडोल डोजोका प्रमुख तथा राष्ट्रिय रेफ्री शिवराम करान्जितले खेलाडीहरु पछिल्लो समय फुर्सदमा रहेकाले प्रतियोगिता आयोजना गरेको बताए।’कोरोनाको बढदो संक्रमण र लकडाउनले खेलाडीहरु फुर्सदमा रहेका खेलाडीहरुलाई अलि क्रियाशील बनाउनका लागि अनलाइन काता प्रतियोगिता आयोजना गर्न लागिएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार