नेपाली गायक दिवेश पोखरेल ‘अमेरिकन आइडल २०२०’को शीर्ष १० मा पुगे।

मनोरञ्जन

  ग्राण्ड संबाददाता
 167 पटक हेरिएको

बैशाख २२ काठमाडौँ — नेपाली गायक दिवेश पोखरेल ‘अमेरिकन आइडल २०२०’को शीर्ष १० मा पुगेका छन् । जोन डेन्भरको ‘टेक मी होम, कन्ट्री रोड्स’ बोलको गीत गाएर उनी आइडलको १८औं सिजनमा शीर्ष १० मा पुगेका हुन् ।

दिवेशले फेसबुकमार्फत् आफू अमेरिकन आइडलको टप 10 मा पुगेको जानकारी दिँदै आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

कोरोना भाइरस(कोभिड-१९) ले गर्दा आइडलका प्रतिस्पर्धीहरुले घर-घरबाटै प्रस्तुति दिएका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार