फेस्बुक /टुइटर बाट भ्रम फैलाएको अभियोगमा पक्राउ परेको उपाध्याय सरकार कै विज्ञ सल्लाहकार।

राजनैतिक

  हरि चापागाईं।
 58 पटक हेरिएको

बैशाख १३ काठमाडौं । सामाजिक संजालवाट भ्रम फैलाएको अभियोगमा पक्राउ परेका नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याय सरकारकै विज्ञ सल्लाहकार भएको खुलेको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवबाट १२ भदौ २०७४ मा अवकाश पाएका उपाध्यायलाई सोही मन्त्रालयको विज्ञ सल्लाहकारका रुपमा मन्त्री स्तरीय निर्णयबाट नियुक्त गरिएको पाइएको हो ।

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको निर्णयवाट उनलाई मन्त्रालयको विज्ञ समूहमा नियुक्ति गरिएको मन्त्रालयको ८ भदौ २०७६ को पत्रमा उल्लेख छ ।
मन्त्री मगरले उपाध्यायसहित ५ जना पूर्व सचिवलाई विज्ञ सल्लाहकारका रुपमा नियुक्त गरेको पत्रमा उल्लेख छ ।

 मन्त्री बिना मगर र भिम उपाध्याय बिच भएको नियुक्ति पत्र।

पूर्व सचिव उपाध्यायमााथी हाल प्रहरी हिरासतमा राखेर अनुसधान भइरहेको छ ।

उनी पक्राउ परेपछि सरकारले आलोचना सहन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार