सांगीतिक क्षेत्रमा चम्किदै जगत घिसिङ=यसरी आफ्नो सांगितिक यात्रा तय गरेका थिए गायक जगत लामा घिसिङले

  Hem bomzan
 412 पटक हेरिएको

भक्तपुर:चर्चित गित तेमाल ग्याम्से ङा खबा शिम्बु खस्योर ज्याल्दासी नाङ्सल म्रासी ङा खामा आङिला जामे रुप्ताजी … साबिक माझिफेदा गा.वि.स. वडा न.६ हाल चौरीदेउराली गाउँपालिका ३ कोशीपारी काभ्रेमा बुवा कान्छा तामाङ र आमा माइली तामाङको जेठो छोराको रुपमा जन्मेका गायक तथा संगीतकार जगत लामा घिसिङको हो। २०७३ सालतिर उनले आफ्नै संगीतमा बजारमा ल्याएका यस गीतलाई दर्शक तथा स्रोताले अत्याधिक रुचाए। यस गीतबाट उनले तामाङ गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँन समेत सफल भए।

हाम्रो कोसेली

(गायक जगत घिसिङको चर्चित गीतको भिडियो )

मायाला म्हेन्दो (एकजमानाको तामाङ समुदायमा सुपरहिट फिल्म) मा स्वर दिईसकेका तिनै गायक तथा संगीतकार जगत घिसिङले क्रमश: सूर्तीत मिठो, सिमलको भुवा, शैलुङ म्हाभर, हल्का चुप्प, तामाङ चलचित्र टुहुरा ल्हुइ लगायत गरेर तिन दर्जन भन्द बढी गीतहरुमा स्वर भरिसकेका छन।
वाला वाला लिस्याल, माथी माथी शैलुङ लेकैमा, लामाको अक्षर ढुंगामा लगायतको गीतहरु उनको हिट गीतहरु हुन।

सांगितिक यात्राको लागि २०५८ सालतिर काठमाडौमा आएका उनले आफ्नो सांगीतिक यात्रा तय गर्ने क्रममा जीवनको धेरै समय संघर्षमा बिताएको थियो। बिनय दोङ तामाङबाट निर्देशित तामाङ भाषाको चलचित्र मायाला म्हेन्दोमा पहिलो चोटि स्वर दिएका उनले २०६०,६१ साल तिर तामाङ साहित्यक सँस्था डाजङमा गीत गजल कविता लेख्ने साथै अग्रज गायकहरुको गीतहरुको कभर गीतहरु समेत गायका थिए।

अहिले तिनै गायक तथा संगीतकार जगत लामा घिसिङ सामाजिक सेवामा पनि उत्तिकै लागेको देखिन्छ। तामाङ अनलाइन टिभिका प्रबन्ध निर्देशक समेत रहेको घिसिङ रेडियो प्लानेटमा बज्ने मौलिक तामाङ भाषाको कार्यक्रम शिम्बु जात्रा मेलारिको पनि प्रस्तोता समेत हुन। पछिल्लो समय आफूले कमाएको र स्टेज बाट संकलित रकम समाज र दिन दु:खीहरुको सेवामा खर्च गर्ने गरेको पाएको छ ।

हाम्रो तर्फबाट उहाँलाई सांगीतिक यात्रा सफलताको शुभकामना।

(ग्राण्डन्युज परिवार)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार