रिता राइको मुक्तक

  ग्रान्ड सम्बाददाता
 988 पटक हेरिएको

बेलायत : म आफ्नो कर्म र पाखुरीमा रमाएर बाँच्ने मान्छे
अरूले उन्नती गरेकोमा खुशी भएर नाच्ने मान्छे
अरुको दाईजो पाएर कति पो टिक्न सकिन्छ र
हिजो आज भन्दा भोलिलाई कमाएर साँच्ने मान्छे //

मानिसको भिडमा पनि आफुलाई हराई रहें
शुन्य लाग्छ कता कता मन भित्रै डराई रहें
सबै हेर्छु उस्तै देख्छु कोही हुन्न आफ्नो मान्छे
स्वार्थी रैछ संसार नै आफु मात्रै कराई रहें//


तानावै तनाव जाग्छ जिन्दगीमा
त्यसै रहरहरू भाग्छ जिन्दगीमा
पलाउदै गरेका आषाहरू चुडिदै
एक्लो एक्लो लाग्छ जिन्दगीमा//

जीवनको थकान बिसाउने चौतारी तिमी
आशा अनि भरोसाको मेरो दौतरी तिमी
कति स्वच्छ अनि निश्चल छ तिम्रो माया
अर्को जन्म नि मेरै हुनु बनी औतारी तिमी//

रीता राई
भोजपुर
हाल वेलायत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार